Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

प्रधानमन्त्रीलाई आत्महत्या दुरुसाहनको आरोपमा कारबाही गर्न माग

शनिवार , बैशाख १९, २०८३

काठमाडौंका विभिन्न सुकुमबासी बस्तीमा सरकारद्धारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरुले कडा आपत्ति जनाएका छन् ।

जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ ।

थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै जेनजी मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम भनेको छ । प्रभावित परिवारको लागि सुरक्षित र सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न पनि माग गरिएको छ ।

यस्तै, जेन्जी फ्रन्टले समेत सरकारको कदमलाई अमानवीय र असंवैधानिक भन्दै विरोध जनाएको छ । वक्तव्यमा यस्ता गतिविधि नरोके नागरिक सर्वोच्चताको बलमा सत्ताच्यूत हुन सक्ने चेतावनी दिएको छ ।

moveent.png

 

सम्बन्धित समाचार