Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

विश्वविद्यालयमा दलीय संगठन हटाउन उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

सोमवार , बैशाख ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ शैक्षिक संस्थाहरुमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरु तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा देशभरका विद्यालय र प्रतिष्ठानका उपकलुपतिहरुसँगको आज भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । 

छलफलका क्रममा उपकुलपतिहरुले जेनजी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भैरहेको बताएका थिए । प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरुमा कुनै पनि बाहनामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संरचना हटाउन कुनै पनि ऐन बाँधक नहुने स्पष्ट पारे । 

उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेशागत जिम्मेवारीबाट अलग भएर पूर्ण रुपमा राजनीतिमा लाग्न सुझाव दिए । 

 

सम्बन्धित समाचार