Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

पोखरा महानगरले निःशुल्क बस चलाउँदै

सोमवार , चैत्र ३०, २०८२

पोखरा महानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्न असुविधा भएपछि महानगरले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । पृथ्वी राजमार्गबाछ करिब २ किलोमिटर भित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुहरुसँग ट्याक्सी व्यवसायीले चर्काे भाडा असुल्न थालेको गुनासोपछि महानगरले निःशुल्क बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

अन्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सञ्चालनमा ल्याउन लागिएको हो । 

महानगरका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीका अनुसार नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले निःशुल्क पाउनेछन् । असारपछि भने न्यूनतम शुःल्क लिइनेछ । महानगर प्रमुख धनराज आचार्यले पोखराबासीलाई उपहार स्वरुप यो सेवा सञ्चालनमा ल्याउन लागिएको बताए । 

 

 

सम्बन्धित समाचार