Nov 23 2026 | २०८३, मंसिर ८ गते

२०८३, मंसिर ८ गते

विराजभक्त श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

आइतवार , मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जा मन्त्री विराजभक्त श्रेठले पाएका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि वरियताक्रम अनुसार मन्त्री श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री बालेन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दुई दिने भारतको औपचारिक भ्रमणमा जाँदैछन ।

भारतीय राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर प्रधानमन्त्री शाह भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार