नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छ्न ।
शनिबार अबेर साझ सम्पन्न संघको ५२ औं साधारण सभाले तीने वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यासमिति चयन गरेको हो ।
उनलेे अध्यक्षका अर्का प्रतिस्पर्धी गोपालकाजि कायस्थलाई १६ मतले पछि पार्दै जित हासिल गरेका हुन । यस्तै, संघको कर्यसमिति सदस्यहरु भने निर्विरोध चयन भयका छन ।
चलचित्र प्रदर्शन खुला समुहतर्फ दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरि गरि चार जना चयन भएका छ्न ।
त्यसैगरि, चलचित्र वितरणको तर्फबाट करण श्रेष्ठ र गोविन्द बहादुर शाहि गरि दुई सदस्य चयन भएका छन । प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन् ।
नेपाल चलचित्रसंघ नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यावसायसंगै स्रमग्र नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौती समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।