Nov 23 2026 | २०८३, मंसिर ८ गते

२०८३, मंसिर ८ गते

जेन्सेन हुआङ एनभिडियाको सीईओमा पुनर्बहाली

सोमवार , मंसिर ८, २०८३

मेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समिति सदस्यमा पुनर्बहाली गरेको छ।

प्रेम सम्बन्ध सार्वजनिक भएसँगै विवादमा तानिएपछी जेन्सेनले केही दिन अघि कम्पनीका सबै जिम्मेवारीबाट राजिनामा दिएका थिए ।

सोमबार कम्पनिले एक विज्ञप्ति जारी गर्दै सञ्चालक समितिले सर्वसम्मत निर्णय गर्दै हुआङलाई तत्काल लागू हुने गरी पुरानै जिम्मेवारीमा फर्काएको जानकारी दिएको छ । हुआङसँगको छलफलपछि उनको नेतृत्व क्षमता र जवाफप्रति विश्वस्त भएको सञ्चालक समितिले जनाएको छ।

निर्णय प्रक्रियामा अमेरिकी सरकारका उच्च अधिकारीहरूको सुझावसमेत लिइएको र उनको पुनर्बहालीबाट राष्ट्रिय सुरक्षामा कुनै जोखिम नरहेको निष्कर्ष निकालिएको कम्पनीको भनाइ छ। सञ्चालक समितिका अध्यक्ष हार्भे सी. जोन्सले एनभिडियाको नेतृत्वका लागि हुआङ नै उपयुक्त व्यक्ति भएको बताएका छन्।

यसअघि अन्तरिम सीईओको जिम्मेवारी सम्हालेकी कोलेट क्रेस भने पुनः प्रमुख वित्तीय अधिकृत (सीएफओ) कै भूमिकामा फर्किनेछिन्।

यसैबीच, विदेशी गुप्तचर निकायको निशानामा हुआङ परेको भन्ने विवरणपछि कम्पनीले गठन गरेको स्वतन्त्र समितिको अनुसन्धान भने जारी रहनेछ। हुआङले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कम्पनीले राष्ट्रिय सुरक्षा तथा निर्यात नियन्त्रणसम्बन्धी छुट्टै समिति गठन गर्नुका साथै अनुपालनसम्बन्धी कामको निगरानी गर्न नयाँ प्रमुख अनुपालन अधिकृत नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार