Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

प्रेम सम्बन्धका कारण विवादमा तानिएका एनभिडियाका सीईओ जेन्सेनले दिए राजिनामा

बिहिवार , कार्तिक २७, २०८३

विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन्।

चिनियाँ महिलासँगको सम्बन्ध सार्वजनिक भएको केही दिनमै आफ्नै कम्पनीकी एक उच्चपदस्थ महिला कर्मचारीसँग समेत विवाहेत्तर सम्बन्ध रहेको खुलासा भएपछि हुआङ थप विवादमा परेका थिए।

द न्युयोर्क टाइम्सले उनको दोस्रो सम्बन्धबारे समाचार प्रकाशित गरेपछि कम्पनीको सञ्चालक समितिले बिहीबार उनको राजीनामाको पुष्टि गरेको हो।

हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ।

यसअघि हुआङले अर्को कम्पनीकी कार्यकारी अधिकृत एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेको समाचार सार्वजनिक भएको थियो।

ती महिलामाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गर्दै अमेरिकी अधिकारीहरूले जासुसीको अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ। तर चीनले भने उक्त आरोप अस्वीकार गर्दै त्यसलाई चीनविरुद्धको प्रचार भन्दै खण्डन गरेको छ।

विवाद सार्वजनिक भएसँगै एनभिडियाको सेयर मूल्यसमेत प्रभावित भएको छ। प्रि–मार्केट कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार