अमेरिकामा मंगलबार सम्पन्न मध्यावधि चुनावमा सत्तासिन रिपब्लिकन पार्टीले ऎतिहासिक पराजय ब्यहोरेपछी इरान युद्धलाई लिएर पछिल्लो समय राजनीति बहस भैरहेका छन् ।
अमेरिकाको चुनावी परिणाम स्पष्ट भैसकेपछी संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले इरानविरुद्दको युद्धका लागि अमेरिका नै जिम्मेवार रहेको बताएका छन् ।
एक अन्तर्वार्ताका क्रममा राजदूत ड्यानीले इरानमा आक्रमण गर्ने निर्णय अमेरिकाको भएको भन्दै इजरायलले उक्त निर्णयको समर्थन मात्रै गरेको बताएका छन् ।
इजरायलले अमेरिकाको उक्त निर्णय सही नै रहेको ठहर गरेको उनले स्विकारे । यसैबीच चुनाव मार्फत सिनेटमा विजयी भएका डेमोक्राट नेता अब्दुलअल-सयदप्रती संकेत गर्दै राजदूत ड्यानीले उनी इजरायल विरोधी भएको आरोप लगाए ।
उनले भने, "इजरायलमा जे सुकै भएपनी वा गाजा क्षेत्रमा युद्ध विराम नै भएपनि उनको अडान बदलिने छैन । उनी सम्झौताहिन यहुदी विरिधी हुन । त्यसैले उनिसँग सहकार्य गर्न निकै कठिन हुनेछ ।"
ड्यानीले डेमोक्रेटिक पार्टीलाई उग्रवादी वा चरम्पन्थी बाटो छोडेर मध्यमार्गी नेतृत्व अपनाउनुपर्ने सुझाव समेत दिएका छन ।
बुधबार सार्वजनिक भएको चुनावी नतिजा अनुसार डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको माथिल्लो सदन (सिनेट) र तल्लो सदन (हाउस अफ रिप्रीजेन्टेटिभ्स) दुवैमा स्पष्ट बहुमत हासिल गरेको छ ।
चुनावमा पराजय ब्यहिरेको रिपब्लिकन पार्टी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी हो ।