गृहमन्त्री सुदन गुरुङले नवनियुक्त आईजीपी डा. मनोज कुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आज बसेको मन्त्रीपरिषदको बैठकले आईजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको थियो ।
केसी आईजीपीमा नियुक्त भएसँगै आज गृहमन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
विगतमा आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिन्ह (फुली) लगाइदिने परम्परा भएपनी आज भने गृहमन्त्री गुरुङले आफै आईजीपी केसीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
एआईजी केसीले प्रहरी कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका थिए ।
कार्की आईजीपीमा रहेकै बेला एकपछी अर्को विवादमा तानिन थालेपछि सरकारले उनलाई हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
तर, कार्कीले भने आफू जिम्मेवारी मुक्त भएपछि सरकारको उक्त निर्णयविरुद्ध कानूनी परामर्शमा जुटेको स्रोतको भनाई रहेको छ ।