जोर्डनले सिरियाको दक्षिण पूर्वी क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
गतसाता चर्चामा भएको घातक गोलीकाण्डको बदला स्वरुप जोर्डनले सिरियामा आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
सोमबार गरिएको आक्रमणमा तीन बालबालिका र एक महिलासहित ७ जनाको मृत्यु भएको जनाइएको छ । आक्रमण पछि सिरियाले जोर्डनसँग जोडिएको मुख्य सिमानाका बन्द गरेको छ ।
जोर्डनको सशस्त्र सेनाले शुक्रबार करल प्रान्तस्थित चर्चमा गरिएको गोली काण्डको जवाफमा सिरियामा सशस्त्र समूहका अखडालाई निसाना बनाइएको जनाएको छ ।
उक्त गोली काण्डमा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए ।
जोर्डनी सेनाले सिरियाली सरकारसँग गरिएको समन्वयमा गरिएको कारबाहीमा सशस्त्र समूहका सदस्य मारिएका तथा घाइते भएका एवम् उनिहरुका केही सवारी साधन नष्ट भएको जनाइएको छ ।
तर, सिरियाले भने जोर्डनसँग समन्वय भएको जिकिरलाई अस्विकार गरेको छ ।