Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते

दुर्घटना

चितवनमा तीन सवारी साधन ठोक्किँदा १० जना घाइते

मंगलवार , कार्तिक ११, २०८३

चितवनको इच्छाकामना गाउँपालिका–०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

मंगलबार बिहान काठमाडौंमा‍बाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो ।

बस अनियन्त्रित भई काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाईवे ट्रमा सेन्टर तथा इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार