Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते

टोपबहादुर रायमाझी रिहा

बिहिवार , कार्तिक २७, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका एमाले नेता टोपबहादुर रायमाझी रिहा भएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी बिहिवार बिहानै डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । रिहा पछि घर गएका रायमाझीलाई घरपरिवारले खादा, माला र टीका लगाएर स्वागत गरेका छन् ।

६५ वर्ष उमेर पूरा भएपछि जेष्ठ नागरिकले पाउने कैद छट सुविधा अन्तर्गत उनी रिहा भएका हुन् ।

जेष्ठ नागरिकलाई २५ प्रतिशत कैद छुट पाउने कानूनी वयवस्था रहेको छ । काठमाडौं जिल्ला अदालतले रायमाझीलाई रिहा गर्न तिहार अगाडि नै कारागारलाई संशोधित पत्र पठाएको थियो । सोही अनुसार उनी आज रिहा भएका हुन् ।

विं. सं.२०८० बैशाख २० मा पक्राउ परेका रायमाझीलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय सुनाइएको थियो ।

सम्बन्धित समाचार