Nov 23 2026 | २०८३, मंसिर ८ गते

२०८३, मंसिर ८ गते

मधेश प्रदेश सरकार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

शनिवार , मंसिर ६, २०८३

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता  समाजवादी पार्टी  (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्ती भएका छन ।

 प्रदेश प्रमुखको कार्यालयले  शनिबार एक विज्ञप्ति जारि गर्दै यादवलाई  नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री पदमा नियुक्ति  गरिएको जनाएको छ । 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ( २) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा  दुईभन्दा बढी  दलको  समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई  मुख्यतमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागी  मंसिर ४ गते शुक्रबार अपराह्न आह्वानगरेका थिए । 

तर , तोकिएको समयभित्र कुनै पनि दलले मुख्मन्त्रीमा नियुक्तिका लागी  दाबी पेस नगरेपछि संविधाको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी नेपालका नेता यादवलाई  मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश  प्रमुखको कर्यालयले जनाएको छ ।

उनि यस अघि दोस्रो कर्यालयको पहिलो  मुख्यमन्त्री  पनि बनेका थिए ।

सम्बन्धित समाचार