Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते

एनपीएल

चितवन ३० रनले विजयी, पोखराको लगातार चौथो हार

शुक्रवार , कार्तिक २१, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्स माथि चितवन राइनोज ३० रनले विजयी भएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा अलआउट हुँदै १२१ रन मात्रै बनाउन सक्यो । 

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४४ रन बनाए । त्यस्तै युवराज सिंह शर्माले १९ र किरण ठगुन्नाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले रोम्रो रन बनाउन सकेनन् । 

पोखरालाई सस्तैमा रोक्न चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गरे । रिजनले ४ विकेट चट्काउँदा कमलसिंह ऐरीले ३ तथा दान माउसेली, मौसम ढकाल र कुशल मल्लले समान एक–एक विकेट लिए । 

पहिला ब्याटिङ गरेको चिवतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार गरेको थियो । यो हारसँगै पोखराले एनपीएलको यस सिजनमा लगातार चौथो हार ब्यहोरर्दै अंक तालिकाको पुछारमा रहेको छ । 

चार खेलमा दुई जित र एक हार ब्यहोरेको चितवन भने अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

सम्बन्धित समाचार