दशैंमा सामान भित्र्याउन तातोपानी नाका आजदेखी अस्थायी रुपमा सञ्चालनमा आएको छ ।
नाका खुलेसँगै चिनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवहाक सवारीसाधन नेपाल प्रवेश गरिरहेका छन् ।
चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामाग्रीको आपूर्ति नेपालमा सहज बनाउने उदेश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको तातोपानी भन्सार कार्यालयका प्रमुख दिपेन्द्र प्रकाश गिरिले बताए ।
चिनले गत भदौ १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका बन्द गरेको थियो ।