Oct 19 2026 | २०८३, कार्तिक ३ गते

२०८३, कार्तिक ३ गते

आईसीसी विश्वकप लिग-२

विश्वकप लिग-२ : नेपाल क्यनडासँग २४ रनले पराजित

शनिवार , कार्तिक १, २०८३

आईसीसी विश्वकप लिग- २ अन्तर्गत आजको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

ओमानमा जारी लिग-२ को खेलमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले २५७ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ थालेको नेपालले ४६ ओभरमा अल आउट हुँदै २३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर ब्याटर अर्जुन कुमालले ८७ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । ११२ बलको सामना गरेका अर्जुनले ४ चौकाको मदतमा ८७ रन बनाएर आउट भए ।

दिपेन्द्र सिंह ऎरीले २७ रन जोड्दा इशान पाण्डे र गुल्सन झाले समान २१/२१ रन जोडे भने रोहित कुमार पौडेलले २० रन जोडे ।

बलिङतर्फ क्यानडाका लागि सुखजिन्दर सिंहले सर्वाधिक ३ विकेट चट्काए भने कलिम साना र शिल पट्टेलले समान २/२ र जाहिद शिरजादले एक विकेट लिए ।

यो हारसँगै नेपाल अंक तालिकाको सातौं स्थानमा झरेको छ भने क्यानडा छैटौं स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार