Oct 18 2026 | २०८३, कार्तिक २ गते

२०८३, कार्तिक २ गते

आईसीसी

एनपीएललाई आईसीसीले दियो मान्यता

शुक्रवार , आश्विन ३०, २०८३

नेपाल प्रीमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ ।

नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको (एनपीएल) लाई आईसीसीले औपचारिक रुपमा मान्यता दिएको हो ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।

"आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ," क्यानका सचिव पारस खड्काद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो मान्यतासँगै फ्रेन्चाइज टिमले आवश्यकताअनुसार टेस्ट टोलीका सक्रिय खेलाडी भित्र्याउन पाउने भएका छन् ।

FB_IMG_1792156567533.jpg

सम्बन्धित समाचार