Oct 13 2026 | २०८३, आश्विन २७ गते

२०८३, आश्विन २७ गते

राजनीति

कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

सोमवार , आश्विन २६, २०८३

नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रप्रकाश भण्डारी, मधु आचार्य र बोनोद चौधरी निर्वाचित भएका छन् ।

पार्टीको काठमाडौंमा सम्पन्न १५ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको २ जना उप सभापति पदमा भण्डारी र आचार्य निर्वाचित भए । चौधरी समावेशी तर्फबाट उपसभापति पदमा निर्वाचित भएका हुन् ।

भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरेभने आचार्यले २ हजार ३४२ मत प्राप्त गरे ।

उनिहरुका प्रतिस्पर्धी गोबिन्दराज भट्टराईले १७५२, सुरेन्द्रराज पाण्डेले १६७३ धनराज गुरुङले १५९६ र दिपक गिरिले ९२३ मत प्राप्त गरे ।

त्यस्तै समावेशी तर्फको उपसभापति पदमा १ हजार ७४५ मत पाएका विनोद चौधरी निर्वाचित भए।

उनका प्रतिस्पर्धी जीवन परियारले १६५८ मत ल्याए भने अन्य उम्मेदवार फरमुल्लाह मन्सिरले ११४४, सीता गुरुङले १११२ र रञ्जित कर्णले ५२६ मत प्राप्त गरे ।

सम्बन्धित समाचार