Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदूरमा, घाइतेहरुलाई भेट्दै

बिहिवार , भाद्र ११, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदूर पुगेका छन् । 

बिहान साढे ९ बजे पूर्वाधार मन्त्री सुनिल लम्सालसहित प्रधानमन्त्री शाह विदूर गएका हुन् । विदूर पुगेका शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरुलाई भेटेका छन् । 

बुधवार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले नदी तटिय क्षेत्रमा ठूलो क्षती गरेको छ । सोही बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदूर पनि पर्दछ । 

 

सम्बन्धित समाचार