चीनको तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १७७ जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिहान १० बजेसम्म १७७ जनाको शव फेला परेको हो । जसमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको हो ।
३३ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बाढी पीडितहरुलाई राहत तथा उद्धार गर्नको लागि प्रभावित क्षेत्रहरुमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षती पुर्याएको छ ।