Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

अमेरिकाले नेपालका पुरात्तात्विक र सांस्कृतिक सामाग्री आयातमा लगायो प्रतिबन्ध

आइतवार , भाद्र ७, २०८३

अमेरिकी भन्सार तथा सिमा सुरक्षा निकायले नेपालका पुरातात्त्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ।

सन २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागू हुने यो व्यवस्था म्याद थप नभएसम्म कायम रहनेछ । यो सँगै अब नेपालबाट कानून सम्मत रूपमा निकासी भएको र यहाँको निर्यात सम्बन्धी कानून उल्लंघन नभएको आधिकारिक प्रमाणपत्र बिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न नपाइने जनाइएको छ।

यो प्रतिबन्ध अन्तर्गत इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका ढुंगा, माटो धातु प्लास्टर चित्रकला हात्तीको दाँत तथा हड्डी, काचो छाला, भोजपत्र, काठ सिपि मानव अवशेष लगायत पुरातात्त्विक सामग्री समेटिएको छ।

१३ औं शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वस्तु कलाका सामान धार्मिक तथा सांस्कृतिक सामग्री र हस्तलिखित ग्रन्थ समेत प्रतिबन्धको दायरामा राखीएको छ ।

सम्बन्धित समाचार