Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

ओमानमाथी बमबारी गर्ने ट्रम्पको धम्की

मंगलवार , भाद्र २, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफ्नो प्रशासनले गरिएको वार्तामा बाधा उत्पन्न गरे सहयोगी राष्ट्र ओमानमाथी नै बमबारी गर्ने धम्की दिएका छन् ।

हर्मुज जलमार्ग खोल्नको लागि इरान र ओमानले अमेरिकासँग छुट्टा-छुट्टै वार्ता गरिरहेका छन् ।

विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिने यो जलमार्ग इरान-अमेरिका युद्धका कारण प्राय बन्द रहेको छ। इरानी अधिकारीहरुले भने ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् ।

यता ट्रम्पले भने फोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिँदै अपशब्द समेत प्रयोग गरेको बताइएको छ ।

अमेरिका र इरानबीच भएको ६० दिने समझदारी पत्रको म्याद सकिनै लाग्दा वार्ता कसरी अगाडी बढ्छ भन्ने स्पष्ट छैन । समझदारी पत्रको म्याद थप्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा भने ट्र्म्पले होइन भन्ने जवाफ दिए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथी आक्रमण गरेपछि तेहरानले हर्मुजबाट हुने आवतजावत ठप्प पारिदिएको छ ।

विश्वमा व्यापार हुने कुल तेल र प्राकृति ग्याँस मध्ये करिब पाँच भाएको एक भाग यही जलमार्गबाट हुँदै आएको छ ।

सम्बन्धित समाचार