Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थ मन्त्रीको आग्रह

शनिवार , श्रावण ३०, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

चिनको ग्वाँन्झाउ सहरमा आजदेखी सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिफियो सन्देश मार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नको लागि अनुरोध गरेका हुन ।

उनले भने, "सरकारले लगानीको वातावरण बनाएको छ । देशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण भैरहेको छ । एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गरि नीतिगत रणनीतिहरु कार्यानव्यन भैरहेको छ । त्यसैले पनि नेपामा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्छु ।"

मन्त्री वाग्लेले नेपालको पर्यटन, प्रविधि र उर्जा क्षेत्रमा लगानी गर्नको लागि आह्वान गरेका छन् ।

सम्बन्धित समाचार