कर्णाली नदिमा पौडी खेल्ने क्रममा २ बालबालिका बेपत्ता भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका- १ सुनाखाडास्थित कर्णाली नदिमा पौडी खेल्ने क्रममा २ बालबालिका बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही ठाउँस्थित लालिगाउँका स्थानीय रामचन्द्र रावलका अन्दाजी १४ वर्षीय छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षीया छोरी अनु शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार बालबालिका नदिमा बेपत्ता भएको सूचना प्राप्त भएपछि प्रहरी टोलि परिचालन गरि खोजी कार्य जारी रहेको रहेको छ ।