Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

घुस लिएको आरोपमा वन अधिकृत अख्तियारको नियन्त्रणमा

शुक्रवार , भाद्र ५, २०८३

उदयपुरका एक जना वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले नियन्त्रणमा लिएको छ ।

सामुदायिक वनको काठ लिलाम सम्बन्धि सिफारिस पत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग १५ हजार घुस लिएको आरोपमा अख्तियारको टोलीले डिभिजन वन कार्यालय उदयपुरको योजना शाखा प्रमुख वन अधिकृत (सातौं) भुवन पौडेललाई नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता समितिको काठ लगत, संकलन तथा लिलाम सहमति सम्बन्धि सिफारिस पत्र दिने प्रयोजनका लागि पौडेलले घुस मागेको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।

अख्तियारबाट परिचालित टोलीले पौडेलले सेवाग्राहीबाट १५ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।

शुक्रवार विशेष अदालतको आदेशबाट पौडेलमाथी म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार