बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँको माइती घरमा शनिबार प्रदर्शन भएको छ।
स्वतन्त्र आमा नेपाल समूहको अगुवाइमा दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण रुप प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरुद्ध कडा कानुन बनाउन सरकारसँग माग गर्दै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १ कि ३ वर्षीय बालिका गरिमाको बलात्कारपछि हत्या गरिएको थियो। गएको साउन ३१ गते हराएकी उनी भदौ २ गते एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।