जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार साँझ जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले पैदलयात्री जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका–७ बस्ने अन्दाजी ४२ वर्षीय हेम बहादुर महतलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
घाइते महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालक घटनापछि फरार रहेको र उनको खोजतलास भइरहेको छ।
उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।