Oct 11 2026 | २०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

अन्तर्राष्ट्रिय फौजदारी अदालमाथि अमेरिकाले लगायो प्रतिबन्ध

शनिवार , आश्विन २४, २०८३

अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथी प्रतिबन्ध लगाएको छ ।

अदालतकी पूर्वन्यायाधीश समेत रहेकी दक्षिण अफ्रिकी मानव अधिकार नाभि पेल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार पाएको केही घण्टा भित्रै अमेरिकाले आईसीसीमाथी प्रतिबन्ध लगाएको हो ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञा दिँदै त्यसलाई प्रतिबन्ध लगाउने बताए ।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको प्रशासनले लामो समयदेखि हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतलाई कमजोर बनाउने अभियान चलाइरहेको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले भने अमेरिकाको उक्त कदमलाई अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण भन्दै अमेरिकी प्रतिबन्धलाई खारेज गरिदिएको छ ।

नोबेल समितिले हिजो दक्षिण फ्रीकाकी ७५ वर्षीया न्यायाविद नाभी पिल्लेलाई हिजो नोबेल शान्ति पुरस्कार दिएको थियो ।

डोनाल्ड ट्रम्पले पटक-पटक नोबेल शान्ति पुरस्कार आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

सम्बन्धित समाचार