Oct 09 2026 | २०८३, आश्विन २३ गते

२०८३, आश्विन २३ गते

बलिउड अभिनेता नाना पाटेकरको निधन

बिहिवार , आश्विन २२, २०८३

वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको हो ।

बलिउडका दिग्गज अभिनेता पाटेकार अभिनयका एक अब्बल कलाकार हुन। उनका दर्जनौं चलचित्र हिट छन्।

पाटेकारलाई गोवास्थित आफ्नै घरमा हृदयघात भएको र लगभग ४५ मिनेटसम्म सीपीआर गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

डा. शेखर शालकरका अनुसार नाना पाटेकरको निधन बिहान ५:२० बजे भएको थियो ।

उनको निधनपछी मेडिकल लिगल केस (एमएलसी) दायर गरिएको छ । अब उनको पोस्टमार्टम गरिनेछ ।

सम्बन्धित समाचार