Oct 06 2026 | २०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक

बुधवार , आश्विन ७, २०८३

फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक भएको छ । 

अभिनेता दीपकराज अधिकारी, अभिनेत्री केकी अधिकारी, शनिशा भट्टराई लगायत कलाकारहरु फिचर्ड रहेको गीत युट्युबमा सर्वाजनिक गरिएको हो । 

मुख्य महिला पात्र गर्भवती भएपछि उनलाई शुभकामना दिन आयोजना गरिएको पार्टी र त्यहाँ गरिने नाँचगान, रमाइलोको सन्दर्भलाई देखाउन म्युजिक भिडीयो तयार गरेको देखिन्छ । अभिनास सुनारको शब्द तथा संगीत रहेको यस गीतमा करण परियार, अभि सुनार, विशाल निरौला, रस्मी विश्वकर्माले स्वर रहेको छ । 

रोहित अधिकारीको निर्माण तथा दीपेन्द्र लामाको निर्देशनमा रहेको ‘छ माया छपक्कै २’ को प्रदर्शन मिति असोज ३१ फूलपातीको दिन तय गरिएको छ । 

 

 

 

सम्बन्धित समाचार