Oct 04 2026 | २०८३, आश्विन १८ गते

२०८३, आश्विन १८ गते

ट्रम्पले गरे विभिन्न राष्ट्रहरुलाई आईसीसीको सदस्यताबाट बाहिरिन आह्वान

मंगलवार , आश्विन ६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिन आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औं महसभालाई सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को कडा आलोचना गर्दै यसलाई 'मनमौजी' र 'नियन्त्रणबाहिरको' संस्थाको संज्ञा संज्ञा दिए ।

उनले भने, " म आईसीसीका सदस्य रहेका सबै राष्ट्रहरुलाई यो मनमौजी संस्थाबाट तत्काल औपचारिक रुपमा बाहिरिन आह्वान गर्दछु ।"

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय नेदरल्यान्ड्सको हेगमा रहेको छ । यस अदालतले विश्वभर युद्ध अपराध र नरसंहारका घटनामाथि मुद्दा चलाउने गर्छ।

उनको प्रशासनले उक्त अदालतविरुद्ध प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको छ र छिट्टै त्यसको घोषणा गर्ने योजनामा रहेको समयमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएको रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीहरु भने आईसीसीले इजरायली नेताहरुविरुद्द जारी गरेका पक्राउ पुर्जी तथा अफगानिस्तानमा अमेरिकी सेनामाथि गरिएको विगतको अनुसन्धान प्रक्रिया फिर्ता लिओस् भन्ने चाहन्छन ।

अमेरिका आफू स्वयम् भने आईसीसीको सदस्य छैन । उक्त अदालतलाई कमजोर बनाउने रणनीति अन्तर्गत ट्रम्पले सदस्य रहेका राष्ट्रहरुलाई बाहिरिन आह्वान गरेका हुन् ।

सम्बन्धित समाचार