मनाङको नार्पा भूमि गाउँपालिका ५ स्थित हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
यस अघि ७ जनाको शव फेला परेकोमा आज थप ८ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । हिम पहिरोमा परेका थप एकजना अझै बेपत्ता रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आज फेला परेका मध्ये दुईवटा थप शव चामे ल्याइएको र छ वटा शव फुलगाउँ ल्याइएको छ ।
आज रात परिसकेकोले अब भोलि शव ल्याइने उनले जानकारी दिए । यही असोज ११ गते बिहानै हिनलुङ हिमालको आधार शिविरमा हिम पहिरो गएको थियो ।
उक्त पहिरोमा परी १४ जना कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।