Oct 04 2026 | २०८३, आश्विन १८ गते

२०८३, आश्विन १८ गते

सभामुख अर्याल आइतबार तान्जानिया जाँदै

शुक्रवार , आश्विन १६, २०८३

सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापीका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी हुन् आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् । 

१८३ देशका सभामुख उपस्थित रहने आईपीयू सम्मेलन तान्जिानियाको अरुशामा असोज १९ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ । उक्त आईपीयू सम्मेलनमा सभामुख अर्यालले सम्मबोधन गर्नेछन् । 

सभामुख अर्यालले जलवायु परिवर्तनको कारणले हालै नेपालले भोग्नु परेको अकल्पनीय क्षतीबारे सम्बोधन गर्ने जानकारी दिएका छन् ।

सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर यस विषयमा जानकारी गराएका थिए । 

सम्बन्धित समाचार