काठमाडौं । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खगराज पौडेलले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मतीबाट पारित गरेको हो ।
राष्ट्रिय सभामा उत्पती भएको उक्त विधेयक अब सन्देशसहित प्रतिनिधि सभामा जानेछ ।