Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते

विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्धसमर्थकलाई रास्वपामा ठाउँ छैन : रवि लामिछाने

बुधवार , भाद्र २४, २०८३

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपदमा परेका नागरिकको पीडा र आक्रोशलाई सामाजिक सञ्जालमा लगत तरिकाले व्याख्या गर्दै तुच्छ टिप्पणी तथा साइबल बुलिङ गर्ने पार्टी सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने कुनै पनि पार्टी समर्थक रास्वपालाई आवश्यक नभएको बताए । आफूहरु शोक र पीडामा परेका भुइँमान्छेहरुको पक्षमा उभिने र उनीहरुको आँशु पुछ्ने सदस्य चाहिने उनले बताए ।

लामिछानेले भने, “रास्वपालाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने र साइबर बुलिङ गर्ने अन्धसमर्थक चाहिएको छैन् । शोक र पीडामा परेका भुँइमान्छेको पक्षमा उभिने र उनीहरुको आँशु पुछ्ने सदस्य चाहिएको छ ।”

विपत्तिमा परेका नागरिकको पीडा बुझ्न नसक्ने र उनीहरुको घाउँमा नुन चुक छर्किने व्यक्तिहरुका लागि पार्टीमा कुनै ठाउँ नरहेको लामिछानेले स्पष्ट पारे । 

“विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरुको घाउँमा नुनचुक छर्किने हृदयविहिन हरुका लागि कुनै ठाउँ छैन्,” उनले भने । 

सम्बन्धित समाचार