Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

राष्ट्रपति पौडेलले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन

शुक्रवार , भाद्र १९, २०८३

राष्ट्रपती रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

शुक्रबार अपराह्न श्रीकृष्ण जन्माष्टमीको अवसरामा राष्ट्रपति पौडेलले मन्दिरको दर्शन र पुजारीबाट फूल-प्रसाद ग्रहण गरे ।

राष्ट्रपती पौडेललाई ललितपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर- २ बाट निर्वाचित सांसद जगदीश खरेल र ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमिको अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले कृष्ण मदिर पुगेर दर्शन गरि पूजा-आजा गर्ने परम्परा रहेको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहानैदेखि प्रसिद्ध कृष्ण मन्दिरमा पूजा-अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको थियो ।

सम्बन्धित समाचार