Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

काठमाडौं महानगरले ९२ निजी विद्यालयलाई सोध्यो स्पष्टीकरण

शनिवार , भाद्र ६, २०८३

काठमाडौं महानगरपालिकाले ९२ वटा निजी विद्यालयलाई स्पष्टीकरण सोधेको छ।

महानगरको शिक्षा विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृत प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृत रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागज सहित विवरण पेश गर्न सूचना जारी गरेको हो।

विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृत रद्द गर्नुपर्ने भएमा सुसम्बन्धी सूचना प्रकाशित गरिएको जनाए । 

चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाइ रहेको छ।

यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 

सम्बन्धित समाचार