Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

ग्वार्कोको फ्लाइओभरमा बस दुर्घटना, एक महिलाको मृत्युु

बिहिवार , श्रावण २१, २०८३

ललितपुरस्थित ग्वार्कोको फ्लाइओभरमा बस दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बा २ ख ३५९० नम्बरको बस अनियन्त्रित भएर फ्लाइओभर को भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ४० वर्षीया महिला जेनिसा लामाको मृत्यु भएको छ भने अन्य १८ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस कोटेश्वर बाट सातदोबाटो तर्फ जाँदै थियो ।

बस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार