Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

स्वास्थ मन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारमा डा. प्रधान नियुक्त

बिहिवार , बैशाख १०, २०८३

स्वास्थ तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्री मेहताको प्रमुख विज्ञ सल्लाहकारको रुपमा पठाउने आधिकारीक रुपमा निर्णय गरेको हो । चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेशा र प्रध्यापनमा सक्रिया डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरमा प्रध्यापनरत छन् । 

उनी दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भइसकेका छन् । साथै उनले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 

रास्वपाको स्थापना कालदेखि नै सक्रिय डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ तथा जनसंख्या विभागको संयोजकका रुपमा काम गर्दै आएका थिए । डा. प्रधान रास्वपाको समानुपातिक सूचीमा समेत थिए । 

सम्बन्धित समाचार