Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

तस्बीरमा हेर्नुहोस भक्तपुरको बिस्का जात्रा

बिहिवार , चैत्र २६, २०८२

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा आज विशेष साँस्कृति कार्यक्रम आयोजना गरिएको छ । 

पाँचतले मन्दिर (तःमारी) परिसरमा मा श्री नाःसःहैः मा बाँज समूहको आयोजनामा विशेष साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको हो । कार्यक्रमा नेवारी समुदायले संयुक्त रुपमा धिमे बाजासहित नित्य प्रदर्शन गरेका थिए । 

हाकुपटासी लगायतका सयौं युवतीले धिमे बाजाको तालमा नित्य प्रदर्शन गरेका थिए । पाँच तले मन्दिरको प्रत्येक तला र परिसरमा रहेर उनीहरुले बाजा तथा नित्य प्रदर्शन गरेका थिए । साँस्कृतिक नित्य हेर्न मानिसहरुको बाक्लो भिड समेत लागेको थियो । 

प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठले बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा रहेको छ । 

Biska-jatra-6.jpg
Biska-jatra-10.jpg

Biska-jatra-11.jpgBiska-jatra-16.jpgBiska-jatra-14.jpgBiska-jatra-21.jpg

सम्बन्धित समाचार