प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच करिब ५ घण्टा छलफल भएको छ ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, आगामी निर्वाचन, पार्टीको प्रशिक्षण अभियान, सरकारका कामकारबाही तथा संसद् अधिवेशनलगायत विषयमा छलफल भएको जनाइएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
त्यसैगरी आगामी निर्वाचन र त्यसको तयारीका सन्दर्भमा दुवै नेताबीच कुराकानी भएको जनाइएको छ । रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा पनि छलफल भएको थियो ।
यसैगरी सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र अध्यादेश एवं आगामी संसद् अधिवेशनका विषयमा दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ ।