Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

दुर्घटना

उदयपुरमा माइक्रो दुर्घटना, १० जना घाइते

मंगलवार , कार्तिक २५, २०८३

उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माईक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

मंगलबार दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माईक्रो बस अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका –३२ बस्ने अन्दाजी ४२ वर्षीय कृष्ण के.सी. ले चलाएको उक्त गाडीमा चालक सहित ११ जना सवार रहेकामा १० जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा चालक काठमाण्डौंको काठमाडौं ल म.न.पा. वडा नं. ३२ बस्ने वर्ष अ. ४२ वर्षीय कृष्ण के.सी., झापाको सुरुङ्गा न.पा. वडा नं. ३ बस्ने वर्ष ४० वर्षीया रेणुका प्रसाई, उनका छोरा १४ वर्षीय नैन प्रसाई, मोरङ उर्लाबारी न.पा. वडा नं. ३ बस्ने ५० वर्षीया निल कुमारी लम्साल, सुनसरीको ईटहरी उप.म.न.पा. वडा नं. १२ बस्ने ४३ वर्षीया मुना ढकाल, उदयपुर बेलका न.पा. वडा नं. १ बस्ने ३८ वर्षीय प्रबिन तामाङ रहेका छन् ।

त्यस्तै मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ४ बस्ने ७० वर्षीय अमृत बहादुर खड्का, सुनसरीको ईटहरी उप.म.न.पा. वडा नं. ८ बस्ने ३७ वर्षीया रन्जिता गौतम, उदयपुरको चौदण्डिगढी न.पा. वडा नं. १० बस्ने २५ वर्षीया जमुना परियार बि.क. र उनको ९ वर्षीय छोरा अंकित बि.क. रहेका छन् ।

झापा सुरुङ्गा न.पा. वडा नं. ३ बस्ने ४० वर्षीया रेणुका प्रसाईको १० वर्षीया छोरी निरुसा प्रसाई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ भने उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार