Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते

पर्सामा पटका पड्किएर एक बालकको मृत्यु

सोमवार , कार्तिक २४, २०८३

पर्सामा पटका पड्काउने क्रममा शरीर जलेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पकाह मैनापुर गाउँपालिका- २ मधुबनीका रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।

सोमबार बिहान करिब ८ बजे घर अगाडी पटका पड्काउने क्रममा कुन्दनका छातीमा आँगोले पोलेर गम्भीर घाइते भइ बेहोस भएका थिए ।

उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको उनका बुबा रामगुलाम सहनीले बताए ।

घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक चन्द्रबहादुर मल्लले सिमबार बिहान घर अगाडि पटका पट्काउने क्रममा बालकको छातीमा पटका लागि गम्भीर घाइते भएका कुन्दनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

उनले घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जानकारी दिए ।

सम्बन्धित समाचार