Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते

एनपीएल

आजदेखी एनपीएल, प्रधानमन्त्री बालेन्द्रले उद्घाटन गर्ने

सोमवार , कार्तिक १०, २०८३

नेपाल प्रीमियर लिग (एनपीएल) को तेस्रो सिजन आजदेखी सुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् ।

शाहकी प्रेस विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटनमा सहभागी हुने भएका छन् ।

एनपीएलको तेस्रो सिजन सुरु हुनु अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत शुभकामना समेत दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत एनपीएल नेपालको सबैभन्दा ठूलो प्रतियोगीता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य उत्सवको रुप लिन सफल भएको बताएका छन् ।

उनले एनपिएलमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कमेन्टेटर लगायत सबैलाई स्वागत गर्दै सफला पूर्वक प्रतियोगिता आयोजना गर्न लागेकोमा नेपाली खेलाडी, आयोजक र क्यानलाई बधाई समेत दिएका छन् ।

यस संस्करणको एनपीएललाई आईसीसीले आधिकारिक मान्यता दिएको छ । साथै क्यानले डिआरएस प्रविधिको समेत प्रयोग गर्ने भएको छ ।

उद्घाटन खेल साँझ ५:०० बजेदेखि सुरु हुनेभएको छ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार