Oct 11 2026 | २०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

यी हुन मन्त्री परिषद् बैठकका ४ निर्णय

शुक्रवार , आश्विन २३, २०८३

मन्त्रिपरिषद्को बैठकले जापानको आईची–नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेड एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने समेत निर्णय गरेको हो ।

साथै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार