जनकवी दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।
श्रेष्ठको अन्तिम बिदाईमा सरकारका मन्त्री र विभिन्न पाटिका नेताहरु सहभागी भएका थिए ।
मंगलबार जनकवी श्रेष्ठको अन्तिम विदाइमा गृहमन्त्री सुधन गुरुङ, उर्जा जलस्रोत तथा सिचाइमन्त्री बिराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यबाहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लगायतका नेताहरू सहभागी भएका थिए ।
उनिहरुले श्रेष्ठ को शवमा माल्यापण गरेर सम्मान प्रकट गरे । उनको शोभा भगवतीस्थित घाटमा नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
आइतबार बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा श्रेष्ठको निधन भएको थियो ।