Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

राष्ट्रपति पौडेलले दिए बंगलादेशका राष्ट्रपति मिर्जा फखरुललाई बधाई

शनिवार , भाद्र ६, २०८३

राष्टपति रामचन्द्र पौडेलले बंगलादेशका नवनिर्वाचित राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले बंगलादेशको २३ औँ राष्ट्रपतिमा निर्वाचित भएको शुभकामना दिँदै नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पौडेलले शुभकामना सन्देशमा नेपाल र बंगलादेशका जनतालाई आपासमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । 

 

 

सम्बन्धित समाचार