दक्षिण एसियाली फुटबलको सर्वाेच्च प्रतियोगिता ‘साफ च्याम्पियनसिप २०२६’ मा नेपाल सहभागी हुन नपाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह प्रतियोगिताको समूह ‘ड्र’ मा नेपाललाई समावेश गरिएको छैन् । यो सँगै आगामी नोभेम्बार ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने भएको हो ।
साफले नेपाललाई ‘ड्र’ मा समावेश नगर्नुको मुख्य कारण विश्व फुटबलको सर्वाेच्च निकाय फिफाद्धारा नेपाल अखिल नेपाल फुटबल संघ (एन्फा) मा निलम्बन लगाएको कारणले हो ।
गत जुन २५ मा फिफाले एन्फालाई निलम्बन गरेको थियो । फिफाको निलम्बन कायम रहेका कारण एन्फा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो । यदि फिफाको निलम्बन प्रतियोगिता अघि फुकुवा भएमा भने नेपाललाई समूह ‘ए’ मा सहभागी गराउने सम्भावना खुल्ला राखिएको साफले जनाएको छ ।
आज सार्वजनिक गरिएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । फिफाको निलम्बन कायम रहे भने नेपाल पहिलो पटक साफ च्याम्पियनसिपबाट बाहिर हरनुपर्ने बाध्यता रहनेछ ।