काठमाडौं । ओमानस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ ।
मंगलबार दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट परीक्षण सफल भएको र मंगलबारबाट नै विद्युतीय राहदानीको सेवा प्रदान गर्न थालिएको ओमानमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
दूतावासले पहिलो दिन राहदानी नवीकरणका लागि आएका ७ जनाको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरेको पनि जानकारी दिएको छ । ओमानमा रहेका नेपालीले विद्युतीय राहदानीका लागि आफ्नो पुरानो राहदानीको सक्कल, नागरिकताको प्रतिलिपि र २० ओमानी रियाल राजस्व तिर्नपर्छ ।
विद्युतीय राहदानी नवीकरणका लागि दूतावासमा व्यक्ति आफैँ उपस्थित हुनपर्छ । राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासले लाइभ लिनेछ । अहिले दूतावास मस्कटले नै सेवाग्राहीको राहदानी फारम भरिइदिइरहेको छ । आवश्यक प्रक्रियाबारे थप जानकारी दिने दूतावासले जनाएको छ ।
नाबालकको हकमा भने जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी नाबालक परिचयपत्र तथा राहदानी हराएकाहरूको हकमा ओमानी प्रहरी जारी गरेको राहदानी हराएको प्रमाणपत्र आवश्यक पर्छ ।
बिहिबार, फाल्गुण ५, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत