लन्डन । नेपालीमूलका स्थानीय नेता डा. जगन्नाथ शर्मा इंग्ल्यान्डको काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार छनोट भएका छन् ।
इंग्ल्याण्डकै ठूलो काउन्टी रूपमा मानिने नर्थ योर्कसायर काउन्टी काउन्सिलमा ९५ प्रतिशत कन्जरभेटिभ सदस्यहरूले मत प्राप्त गर्दै उनी काउन्सिलर पदको लागि उम्मेदवार छनोट भएका हुन् ।
उनले सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयाँ जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्बन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिबद्धता तथा प्राथमिकता प्रस्तुत गरेका थिए । उनी बेलायतस्थित कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर समेत भइसकेका छन् ।
आफू उम्मेदवार छनोट भएपछि शनिबार आयोजित कन्जरभेटिभ पार्टीबाट छनोट भएका उम्मेदवारहरूको भेलामा मन्तव्य दिँदै शर्माले मे ५ मा हुने आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । उनको आफ्नै क्षेत्रका सांसद बेलायती अर्थमन्त्री ऋषि सुनाकसमेत सो भेलामा उपस्थित भएका थिए । शर्मा बेलायती अर्थमन्त्री सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् ।
भेलामा बेलायती अर्थमन्त्री सुनाकले शर्मासहित अन्य उम्मेदवारहरूलाई निर्देशन र शुभकामना दिएका छन् । सुनाकले स्थानीयको मन मष्तिस्कमा रहेर सकारात्मक चुनावी नतिजा ल्याउन सुझाएका थिए ।
अर्थमन्त्री सुनाकले ब्रिटिस आर्मीमा जागिरे समेत रहेका डा. शर्मालाई ब्रिटिस आर्मीले देशको रक्षा र मानवीय सहायतामा ठूलो भूमिका निर्वाह गरेको जनाउँदै शर्माको चुनावी अभियानमा आफू समेत संलग्न हुने आश्वासन दिएका छन् ।
उम्मेदवार शर्माले आफ्नो मन्तव्यका क्रममा अर्थमन्त्रीसमक्ष उक्त क्षेत्रमा रेलवे कनेक्सन, युरोपमै सबैभन्दा ठूलो आर्मी प्रशिक्षण केन्द्र र बटालियन रहेको क्याट्रिक ग्यारिजन आर्मीलाई कोषवृद्धि, विकास निर्माण, ब्रेन ड्रेन रोक्न युवालाई हाइटेक जब अफर, वहु सांस्कृतिक पक्षको प्रवर्धन जस्ता मुद्दामा सहयोग गर्न माग गरेका थिए ।
सोमबार, माघ ३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत